यी हुन् क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

क्यान्सरको जोखिम घटाउन खानेकुरा

हामीले खान पान मा केहि धयान दिए  र केहि तोकिएको खान खाए यस्ले हामीलाई क्यान्सर  जस्तो ठुलो रोग बाट बच्न धेरै ठुलो सहयोग गर्दछ ।  रोग लागेपछि उपचार गर्नु भन्दा रोग लग्न नदिने र संकट को सामना गर्ने कोसिस किन नगर्ने – क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

 ब्रोकाउली

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।

मसिना फलफूल

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तव प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ ।  साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

गोलभेँडा

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तवले यसलाई रातो बनाउँछ । यही तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।

ओखर

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्व स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।

लसुन

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ ।

सिमी 

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

सलाद

क्यान्सरको जोखिम घटाउन ७ खानेकुरा

सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ । साभार – स्वास्थ्यखबर

More Post,

क्यान्सर भन्ने बित्तिकै मृत्यु नै हो भन्ने सोच त्याग्नुहोस् 

पुदिनाको फाइदै फाइदा जानी राखे काइदा

Online Sell & Buy

 

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *